दफा
संस्थानको लेखा इत्यादि

(१) संस्थानको आम्दानी खर्च र हिसाब किताबको सबै स्याहाश्रेस्ता नेपाल सरकारद्वारा तोकिएबमोजिम राखिनेछ ।

(२) संस्थानको आम्दानी खर्चको लेखा नेपाल सरकारद्वारा नियुक्त लेखा परीक्षकद्वारा प्रत्येक वर्ष जाँच गराउनु पर्छ र त्यस्तो लेखा परीक्षकले आफ्नो कर्तव्य पालनको सिलसिलामा संस्थानको सञ्चालक वा कर्मचारीसंग मागेको जुनसुकै कागजपत्र वा सूचना दिने त्यस्ता सञ्चालक वा कर्मचारीको कर्तव्य हुनेछ ।

(३) लेखा परीक्षकले किताब जाँची सकेपछि देहायको कुराहरु समेत स्पष्ट उल्लेख गरी सो हिसाब जाँच सम्बन्धी प्रतिवेदन तयार गरी सो प्रतिवेदनको एक प्रति नेपाल सरकारमा र अर्को प्रति संस्थानमा पेश गर्नु पर्छ :-

(क) संस्थानले तयार गरेको लाभ हानीको हिसाब किताबमा पार्नु पर्ने कुराहरु परेको छ छैन र हिसाब किताबले संस्थानको यथार्थ आर्थिक स्थिति देखाउँछ देखाउँदैन ।

(ख) पेश भएको आम्दानी खर्चको हिसाब किताब रीतपूर्वकको छ छैन ।

(ग) माग गरिएको कुनै कागजात स्पष्टीकरण वा सूचना दिइयो वा दिइएन र दिइएको भए पनि सन्तोषप्रद छ छैन ।

(घ) संस्थानको हिसाब किताब राख्ने तरीका ठीक छ छैन, र

(ङ) लेखा परीक्षकले आवश्यक सम्झेको अन्य कुरा ।